ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

साल्ट ट्रेडिङ कर्पोरेशनकाे दाेस्राे त्रैमासिक नाफा ५% ले वृद्धि भएकाे विवरण सार्वजनिक ।
  • हजुरकाे पाेष्ट

  • जेठ २३, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।

    तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अवधि समेत समाप्त भइसकेको अवस्थामा यस कम्पनीले भने दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

    जेठ २२ गते सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५ दशमलव ४७ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म रू. २ करोड ३९ लाख ८६ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष भने रू. २ करोड ५२ लाख ९९ हजार खुद नाफा गरेको हो ।

    यस वर्ष कम्पनीको आम्दानी २५ प्रतिशतले बढेको छ । गत वर्ष रू. ४ अर्ब ७० करोड आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड २० लाख २४ हजार रहेको छ । यस वर्ष २५ प्रतिशत बोनस शेयर मार्फत कम्पनीले चुक्तापूँजी बढाएको हो ।

    कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा शून्य दशमलव ५४ प्रतिशत बढेर रू. १ अर्ब ३१ करोड ४७ लाख १९ हजार कायम भएको छ । कम्पनीको कुल सम्पत्ति रू. ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल सम्पत्ति ६ दशमलव ४७ प्रतिशतले बढेको हो ।

    गत वर्ष यस अवधिसम्म कम्पनीको कुल सम्पत्ति रू. ८ अर्ब ७८ करोड ९८ लाख ६९ हजार थियो । कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी वार्षिक रू. २६ दशमलव ३५ र प्रतिशेयर नेटवर्थ रू. ४१४ दशमलव ९० रहेको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech