ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, आक्रमण गर्नेलाई कडा कारबाही हुने,

(अध्यादेशकाे पुर्ण पाठ सहित )

  • हजुरकाे पाेष्ट

  • २३ जेठ,काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतवार (आज) त्याे अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेकाे प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानुन बनाएको हो ।

    अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा हातपात गरेमा या आघात पुर्‍याएमा दुई लाख रुपैयाँसम्म जरिबाना वा चार वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

    यस्तै स्वास्थ्यकर्मीलाई धम्की दिएमा वा मानसिक तनाव र अपमानजनक व्यवहार गरेमा ५० हजार रुपैयाँ जरिबाना र एक वर्ष कैदको व्यवस्था छ ।

    यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड र घेराउ गरेमा दुई लाख रुपैयाँ जरिबाना र चार वर्ष कैद सजाय र बिरामीको उपचार गर्ने कार्यमा अवरोध गरेमा २० हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म कैद वा दुवै सजाय दिइने अध्यादेशमा उल्लेख छ ।

    कोरोना महामारीको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण र धम्कीका घटना बढेपछि सरकारले पीडकलाई कडा कारबाहीका प्रावधान समेटेर राष्ट्रपति भण्डारीसमक्ष अध्यादेश पेस गरेको थियो ।


     अध्यादेशकाे पुर्ण पाठ यहाँ हेर्नुस ।

    स्वास्थ्यकर्मी-तथा-स्वास्थ्य-संस्थाको-सुरक्षा-सम्बन्धी-अध्यादेश-२०७७

     

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech