ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

‘ओलीले एकताका नाममा जालझेल गर्दैछन्, अब वडा र टोलमा पनि सङ्गठन बनाउनुपर्छ
  • हजुरकाे पाेष्ट

  • २३ जेठ,काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका नाममा षड्यन्त्र गर्दै गएको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ ।

    भर्चुअल माध्यमबाट बसेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीले एकातिर पार्टी एकता भन्ने र अर्कोतिर नेताहरूलाई कारबाही गर्दै जाने तथा सरकारमा बसेर मनपरी र निरङ्कुश कामलाई निरन्तरता दिने काम भइरहेको भन्दै उहाँका कुरा पत्याउनै नसकिने निष्कर्ष निकालेको हो ।

    आफूहरूले एकताको अनेकौँ प्रयास गर्दा पनि ओलीले कमजोरी ठानेर झन् पेल्दै लगेको र अन्तिममा पार्टी विभाजनको सङ्घारमा पुर्‍याएकाे भन्दै नेपाल समूहले ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

    क्रान्तिकारी पार्टी पङ्क्तिको रक्षा र विकासका लागि केपी ओली पक्षमा रहेका इमानदार नेता र कार्यकर्तालगायत नेकपा (एमाले) पङ्क्तिलाई आह्वान गर्दै नेपाल समूहले नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने जनाएको छ । देशव्यापी रूपमा सङ्गठनलाई वडा र टोलसम्म अगाडि बढाउनुपर्ने नेपाल समूहको निष्कर्ष छ ।

    यदि ओलीले एकता नै चाहेको भए पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने, केन्द्रदेखि पालिकासम्म भएका कारबाही र स्पष्टीकरण फिर्ता लिनुपर्ने, प्रतिनिधि सभा विघटन गलत  भनेर आत्मालोचना गर्नुपर्ने, संविधान र लोकतन्त्र मास्ने नियतका साथ भइरहेका काम बन्द गर्नुपर्ने लगायतका काम गर्नुपर्ने नेपाल समूहको भनाइ रहेको छ ।

    नेकपा-एमाले-केन्द्रीय-कमिटीका-सदस्यहरुको-बैठकबाट-पारित-प्रस्तावहरु-जेष्ठ-२२-२०७८

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech