ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

एकताका लागि आह्वान गर्दै ओलीद्वारा एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने प्रस्ताव ।
  • हजुरकाे पाेष्ट

  • २३ जेठ बुटवल। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।
    आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै उनले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई समेटने प्रयास गरेका छन् ।

    पार्टी एकताका लागि ६ बुँदे प्रस्तावमा उनले भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’

    ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावको चौथो नम्बर बुँदामा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त उल्लेख छ ।

    ओलीले आफ्नो प्रस्तावमा भनेका छन्,‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।’

    पार्टी एकताका लागि ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावको पहिलो बुँदामा एमालेलाई २०७५ साल जेठ ३ पूर्वको अवस्थामा अगाडि बढाइने बताइएको छ । तर, एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने बताइएको छ ।

    मातहतका पार्टी कमिटी र जनसंगठनहरु जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने ओलीले बताएका छन् । संगठनात्मक क्षेत्रका निश्कर्षहरुलाई कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधान लागि कार्यदलले काम गर्ने ओलीको प्रस्ताव छ ।

    यसवीचमा कसैले गरेका गल्ती कमजोरीलाई लिएर कसैमाथि कावाही नचलाइने ओलीले बताएका छन् । पार्टीमा भावनात्मक एकताका लागि रचनात्मक सहयोग हुने उनले अपेक्षा गरेका छन् ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech