ब्रेकिङ
ओलीको प्रस्तावमा खनाल–नेपाल समूह सशङ्कित, योगेश भट्टराईद्वारा स्वागत
  • हजुरकाे पाेष्ट

  • २४ जेठ,काठमाण्डौ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे एकताको प्रस्तावलाई खनाल–नेपाल समूहले राम्रो नियत नभएको प्रतिक्रिया दिएको छ । एकताको आह्वान राम्रो नियतबाट नआएको र यसमा धेरै षड्यन्त्रहरु रहेको खनाल–नेपाल समूहका नेताहरुको आरोप छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेकाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली २०७५ को जेठ ३ पूर्वको अवस्थामा फर्कन तयार रहेको भनेर विश्वास गरिहाल्न नसकिने नेता युवराज ज्ञवालीले बताए।

    उनले कुनै पनि हालतमा प्रतिनिधि सभा विघटनलाई मान्न नसकिने भन्दै यो अध्यक्ष ओलीको अर्को ‘फण्डा’ मात्रै रहेको बताए । ओलीको एकता आह्वानमा उल्लेख भएका  ६ वटै बुँदा माथि आवश्यक छलफल गर्नुपर्ने र षड्यन्त्रमूलक ढङ्गले एकता आह्वान भएको उनकाे आरोप छ ।

    योगेश भट्टराईद्वारा स्वागत

    नेता योगेश भट्टराईले भने अध्यक्ष ओलीको आह्वानलाई स्वागत गरेका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेकपा एमालेको एकताका लागि अध्यक्ष ओलीको आह्वान सकारात्मक रहेको बताएका हुन ।

    सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै मूलत: संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने तर अहिले अध्यक्ष ओलीले गरेको आह्वान सकारात्मक रहेको उनकाे भनाइ छ ।

    ओलीको प्रस्तावबारे साझा धारणा बनाउन खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको नेताहरुले बताएका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech