ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

गर्मी बढ्दै : तराईको तापक्रम ३८ डिग्री सेल्सियस नाघ्यो
  • हजुरकाे पाेष्ट

  • २४ जेठ,काठमाण्डाै – मौसम सफा भएसँगै देशका सबैजसो ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस नाघेको छ । यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी हिजो भैरहवाको तापक्रम ३८ दशमलव ६ डिग्री सेल्सियस पुगेको हो ।

    शनिवार  भैरहवामा ३७ दशमलव ८ डिग्री सेल्सियस पुगेको तापक्रम अाइतवार  बढेर ३८ दशमलव ६ डिग्री पुगेको हो । भैरहवा, सिमरा, नेपालगञ्ज र जनकपुरको तापक्रम हिजोभन्दा आज बढ्ने मौसमविद्ले बताएका छन् ।  आज  साेमवमर तराईका जिल्लाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने बताइएकाे छ ।

    केही दिनदेखियता काठमाण्डौको तापक्रम बढेर ३०–३१ को हाराहारीमा पुग्ने गरेको छ । शनिवार काठमाण्डौको तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस थियो भने हिजो ३१ डिग्री सेल्सियस पुगेको थियो । आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने बताइएकाे छ ।

    मौसम सफा भइ दिनभर घाम लाग्दा गर्मी बढेको हो । मनसुनी गतिविधि सुरु भएपछि फेरि तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रिने गर्दछ ।

    यसपालि समयमानै मनसुन भित्रने मौसमविद्को अनुमान छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने अध्ययनले देखाएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech