ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

प्रचण्डद्वारा माधव नेपाल र देउवासँग भेट
  • हजुरकाे पाेष्ट

  • २४ जेठ,काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच साेमवार (आज) दिउँसाे छलफल भएको छ । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड उहाँकै निवास बूढानीलकण्ठ पुगेका थिए ।

    भेटमा सुदुरपश्चिम प्रदेशको सरकार गठनबारे छलफल भएको र अरू समसामयिक राजनीतिबारे पनि कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । उनिहरूबीच भएको थप कुराकानीबारे भने खुलाइएको छैन ।

    कांग्रेस सभापति देउवालाई भेट्नुभन्दा पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गरेका थिय । नेता नेपालकै निवास कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले नेता नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका हुन ।
    नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको खनाल–नेपाल समूह र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयुक्त गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेपछि विपक्षी गठबन्धन सर्वोच्चमा पुगेको छ । अहिले यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेलगत्तै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनसम्बन्धी परेका मुद्दाबारे सर्वोच्चको फैसला कुरिरहेका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech