ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

नेपाल पत्रकार महासंघ रुपन्देहीकाे कार्यशैलीप्रति प्रेस चाैतारी नेपाल रूपन्देहीकाे गम्भिर ध्यानाकर्षण
  • हजुरकाे पाेष्ट

  • बुटवल २४ जेठ
    नेपाल पत्रकार महासंघ रुपन्देहीमा केही नयाँ सदस्य थप हुने गरी सार्वजनिक भएको नामावलीप्रति प्रेस चौतारी नेपाल, रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
    पत्रकार महासंघ रुपन्देहीको यसअघिको कार्यसमितिले (२०७७ फागुन ९ गते) सदस्यताका लागि आएका आवेदनहरुलाई प्रक्रियागत ढंगले केन्द्रीय समितिमा सिफारिस गरेका २९ जना पत्रकारहरुलाई सदस्यता प्रदान नगरी महासंघको केन्द्रीय समितिले पूर्वाग्रही ढंगले एसोसिएट शाखाका नामबाट केही व्यक्तिलाई मात्रै सदस्यता प्रदान गर्नु महासंघको विधानविपरीत भएको चौतारीको भनाइ रहेकाे छ ।
    प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीले सोमबार विज्ञप्ती जारी गर्दै ‘पत्रकार महासंघमा यसप्रकारका राजनीतिक दाउपेच र पूर्वाग्रहका गतिविधि सुरु हुनु, स्वार्थ बाझिनु, सदस्यतामै विभेद र भेदभाव गरिनु, विधानको समेत उल्लंघन हुनु दुःखद र गम्भिर विषय हो । ’
    यसलाई तुरुन्त सच्याएर जिल्ला शाखाबाट प्रक्रिया पूरा गरी सिफारिस भएका सबैलाई तत्कालै सदस्यता प्रदान गर्न महासंघ केन्द्रीय समितिलाई प्रेस चौतारी रुपन्देहीले विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ ।
    ‘त्यस्तै स्थानान्तरण भनी आएका सदस्यतालाई अभिलेखमा नराख्न महासंघ रुपन्देहीलाई अनुराेध गर्दै अनुराेधलाई वेवास्ता गरेमा प्रेस चौतारी नेपाल रुपन्देही कडा आन्दोलनमा उत्रिन बाध्य हुने, विज्ञप्तीमा उल्लेख गरीएकाे छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech