ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जान्छाैँ : नेतृ झाँक्री
  • हजुरकाे पाेष्ट

  • नेकपा एमालेकी नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने बताउनुभएको छ । पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरू मङ्गलवार काठमाण्डाैकाे बानेश्वरमा आकस्मिक रूपमा भेला भइ छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र त्यहीअनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लडाइँ लड्ने बताउनुभएको हो ।

    पार्टीबाट सांसद पद हट्ने गरी कारबाही गरिए के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै नेतृ झाँक्रीले अदालतमा जाने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरूमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी संसदीय दलभित्र लड्छौँ, अदालतसम्म पुग्छौँ, किनभने प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नि त ।’

    नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानुन र संविधानअनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुनै स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर स्पष्टीकरण दिएनौँ भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ ।’

    नेतृ झाँक्रीले आफूहरूले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गएकाे फागुन २८ गते थपिएका जम्बोरी मान्छेसहितको नेकपा एमाले नचिन्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी फागुन २८ गते थपेका जम्बोरी मान्छेसहितको बैठकै चिन्दैनौँ नि । त्यो नेकपा एमाले चिन्दैनौँ । हामीले २०७५ जेठ २ गते अगाडि, ३ गतेको एकताअघिकाे एमाले, त्यसका पदाधिकारी, त्यसका कमिटी, देशभरिको संरचना, जनसङ्गठनलाई चिन्छौँ र त्यसको बैठक बस्यो भने हामी जान्छौँ । त्योभन्दा यताको हामीलाई अमान्य हुन्छ ।’

    नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरूको कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नुभएको छ । दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीको इच्छा पार्टीबाट छोडेर जाऊन् भन्ने रहेको तर आफूहरू एमालेभित्रै लडेर आफ्नो अधिकार स्थापित गर्ने नेतृ झाँक्रीकाे भनाइ छ ।

    पार्टी अध्यक्ष ओलीमा आफू​हरूलाई कारबाही गर्ने अधिकार नरहेको पनि नेतृ झाँक्रीले बताउनुभयो । अध्यक्ष ओलीले गठन गरेको नेकपा एमालेको कमिटी नै विधिसम्मत नभएको उहाँले बताउनुभयो । आफूहरूसहितको केन्द्रीय कमिटीले गरेका निर्णयहरू मान्य हुने तर अवैधानिक तवरले ल्याइएका मान्छेहरूसहितको केन्द्रीय कमिटीले गरेको निर्णय पनि अवैधानिक नै हुने उहाँकाे भनाइ छ ।

    -उज्यालो अनलाइनबाट

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech