ब्रेकिङ
माओवादीमा फर्कँदैछ भन्ने समाचार कपाेकल्पित र भ्रमपूर्ण,- टाेपबहादुर रायमाझी

प्रचण्डको पद लोलुपताले कम्युनिष्ट आन्दोलन कमजोर पारेको आरोप ।

  • हजुरकाे पाेष्ट

  • २५ जेठ,बुटवल । एमाले स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री टाेपबहादुर रायमाझीले आफू माओवादीमा फर्किन लागेकाे भन्ने खबर कपाेकल्पित रहेकाे बताएका छन ।

    साेमबार साँझ विज्ञप्ति निकालेर नेता रायमाझीले आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे उल्लेख गरेका छन । उनले लेखेका छन – ‘पछिल्लो समय केही सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

    केही अनलाइनले टाेपबहादुर लगायतका नेता माओवादीमा फर्कने तयारीमा रहेकाे समाचार आइतबार प्रकाशित गरेका थिए । नेता रायमाझीले ती समाचारमा कुनै सत्यता नभएकाे भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन ।

    प्रचण्डमा रहेकाे कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिंगाे पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति रहेकाले बेला आफ्नाे नाम जाेडेर कुप्रचार गरिएकाे उनले उल्लेख गरेका छन ।

    सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो-चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकाे उनले उल्लेख गरेका छन ।

    भ्रममा नपर्न आग्रह गर्दै उनले लेखेका छन – ‘औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ ।’

    बिज्ञप्तिकाे पुर्ण पाठ जस्ताकाे तस्तै 

    मिति:२०७८/०२/२४
    प्रेस विज्ञप्ती
    पछिल्लो समय केहि सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस(देउबा)को शरणागतमा पुगेको स्थिति छ ।
    सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यंत्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ ।
    क. टोप बहादुर रायमाझी
    नेकपा एमाले स्थायी कमिटी सदस्य
  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech