जेठ २५,बुटवल ।लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।सोमबार बसेको मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष
२०७८ /७९ को लागि मंगलवार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
यस्तै लुम्बिनी प्रदेश सरकारको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ । मन्त्रीपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछी रकम थप गरेको मन्त्री चौधरीले जनाए । दोस्रो भेरियन्ट आईसकेपछि १०/१० करोड गरि २० करोड बिनियोजन गरिसकेको उनले जानकारी दिए ।