ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

गिट्टी बेचेर होइन उत्पादित बस्तुबेचेर व्यापार घाटा कम गर्नुपर्छ
  • हजुरकाे पाेष्ट

  • हामिहरु हरेक कुरामा आत्मनिर्भर हुनु जरुरी छ ।देशमा प्राय कृषि ,क्षेत्र औधोगिक क्षेत्रहरुमा पहिले हामी वा हाम्रो देश आत्मनिर्भर हुनु जरुरी छ । कृषि प्रधान देश हाम्रो किन आज हरेक खाद्यापदार्थ बाहिरबाट आउँछ ,यो एक डरलाग्दो अबस्थापनी हो । पहिले सबै देशभरी खाद्यान्न पुग्ने हाम्रो देशमा किन बर्तमान अबस्थामा पुग्न छोड्यो त एकातिर सरकारी दीर्घकालीन नीति राम्रो नहुनु र टुक्रे जग्गा आधुनिक कृषि प्रणाली अवलम्बन नगर्नु साथै तराईको खेतियोग्य जमिन दिनदिनै घरघडेरीमा परिणत हुनुपनि वास्तविक हो । कृषिमासुधार ल्याउन सरकारले दीर्घकालीन कृषी प्रणाली अवलम्बन गर्नु पर्छ  । समयमा मल ,बीउ,नयाँ औजार ,उचित खेतियोग्यजमिनको उपलब्धता,विशेष अनुदान ,आदि गर्नुपर्छ ,दोस्रो देशबाट आउने तरकारी खाद्धान्यहरु प्रतिबन्ध लगाउनु पर्दछ ।

    जसले गर्दा कृषि क्षेत्रमा आत्मनिर्भर भएमा व्यापार घाटा कम हुन सक्छ  । गतसाल देशको अर्बौं  पैसा यही कृषिक्षेत्रमा बिदेशिएको छ, यो क्षेत्रमा तत्काल सुधार ल्याउनु  जरुरी देखिन्छ ।

    हाम्रो देशमा कृषीमात्र नभई औद्योगिक क्षेत्रको पनि धेरै राम्रो संभावना रहेको छ । यो क्षेत्रअन्तरगत  नेपालले पहिले कपडाहरु देशमा उत्पादन गरि विभिन्न देशमा  निर्यात गर्दथ्यो जसले गर्दा बिदेशी पैसाहरु सङ्कलित हुन्थ्यो  । व्यापार घाटा कमहुन्थ्यो त्यतिखेर विभिन्न गार्मेन्ट हरुले धेरै मात्रामा कपडाहरु उत्पादन  गर्दथे र त्यसमाथी हेटौंडा कपड़ा उधोग ले धेरै मात्रमा उत्पादन गर्दथ्यो त्यो उधोगकोउत्पादित कपडाहरु अन्तर्राष्ट्रिय बजारमा जान्थ्यो । जसले बिदेसी मुद्रा  राम्रो सङ्कलन गरेको थियो जसले व्यापार घाटा कम गरेको थियो तर अहिलेको बर्तमान अबस्था कहाली लाग्दो छ । हरेक कपडाहरु बाहिरी देशबाट ल्याउनु पर्छ ।

    अहिलेको बजेटमा सरकारी यो पोलिसी सम्बन्धि खासै योजना देखिदैन देशको उत्पादित बस्तुको निर्यात एक खर्बपनी पुग्न मुस्किल हुँदा आयातभने दस खर्ब माथी यो भन्दा नराम्रो अबस्था के हुन सक्छ ? बर्सेनि दुई देखि तीन खर्ब ऋण देशको टाउकोमा थपिदै छ गएको तीन बर्षमानै  देशको ऋण सात खर्ब माथी थपिइ सकेको छ।

    यो अबस्थामा सरकारले देशमा योजना बिद ,अर्थसाश्त्रीहरु,तथा बिज्ञसंग तत्काल छलफल गरि दीर्घकालीन व्यापार योजना  ल्याउनु पर्छ ।
    पुनः देशमा हेटौंडा कपडा उद्योग को पुनःस्थापन हुनु पर्छ। नयाँ नयाँ गार्मेन्ट उद्योग को स्थापना हुनुपर्छ बिदेशी लत्ताकपडाहरु प्रतिबन्ध  लगाउनु पर्छ, स्वदेशी कपडाहरु देशमा  अनिवार्य  गर्नुपर्छ । देशको सम्पुर्ण सरकारी गैर सरकारी कार्यलय सम्पुर्ण स्कुल क्याम्पस सबै कार्यलय मा नेपाली कपडा जुताहरु अनिबार्य प्रयोगगर्ने सिस्टम ल्याउनु पर्छ!जस्ले गर्दा स्वदेशी बस्तुको प्रयोग र निर्यात बढ्नाले व्यापार घाटापनी कम गर्न सकिन्छ ।

    अहिलेको बजेट अन्तर्गत नयाँ आएको एउटा पोलिसी अन्तर्गत व्यापार घाटा कम गर्न गिट्टी बिदेशमा निर्यात गर्ने भन्ने आएछ  । सरकारले पनि यस्ता पोलिसी ल्याउदा अलिकती बिज्ञ सग विशेष रुपमा छ्लफल गर्नुपर्छ । त्यस्तो पोलिसी ल्याउनुपर्छ कि दीर्घकालीन रुपमा त्यसको लागुहोस यो पोलिसी आउन साथ बिरोध बढी भयो यो तत्काल सच्याउनु पर्छ ।

    सरकारले के बुझनु पर्छ भने कसरी देशमा उधोग धन्दाको बिकास गर्ने आफ्नो बस्तु कसरी बिदेश  निर्यात गर्ने भन्ने बारेमा र कसरी बिदेशी लगानी ल्याउने लगानिको बाताबरण देशमा कसरी बढाउने र नेपालको तयारी कपडाहरु कसरी बिदेशमा पठाउने भन्ने बारे र नेपाली गलैचा कार्पेट गरु अन्तर्राष्ट्रिय बजारमा बजार बिस्तार गर्ने भन्ने बारे बिशेष सोचमा लाग्नु पर्छ। जसले गर्दा ब्यपार घाटाकम गर्न सकिन्छ।

    अर्कोकुरा नेपालमा विद्युत को उत्पादन धेरै हुदैछ कुनै बेला नपुगेर भारत बाट ल्याउनुपर्ने अबस्थामा अहिले उत्पादन बढिभइ अन्तर्राष्ट्रिय बजारमा तत्काल निर्यात गर्नुपर्नेभएको छ।  त्यसैले तत्काल ट्रान्स मिसन लाइन हरु बनाइ उक्त विद्युत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नु पर्छ!
    देशमापनी तत्काल  बिजुली को महसुल कम गरि जनस्थरमा यसको खपत बढाउन सकिन्छ ।सवारि र खाना पकाउन ग्यास पेट्रोल को सट्टा बिजुलिको खपत हुँदा उक्क्त बस्तु आयात गर्नु नपर्ने र निर्यात गर्दा बिदेशी मुद्रा सङ्कलन हुँदा व्यापार घाटा कम हुन्छ ।

    हाम्रो देश बिस्वकाे दाेस्राे ठुलाे  जलस्रोत को धनी देशभएको हुँदापनि नेपालको पानी सफार शुद्ध भएको हुँदा प्रसोधित गरि अन्तर्राष्ट्रिय  बजारमा पठाउन सकिन्छ  । त्यसवाट पनि ब्यपार घाटाकम हुन सक्छ र नेपालमा पाइने जडिबुटी खनिज फलाम हरु कफि चिया इलैची अधुवा लगायत बस्तुहरु बढिबन्दा बढी उत्पादन गरि निर्यात गर्नुपर्छ ।

    स्वदेशमा नेपाली बस्तुको प्रयोग गर्नुपर्छ ।  नेपालमा लगानीकोलागी पहिले राजनिती निकास निकाल्नु पर्छ ।जवसम्म देशमा राजनिती निकास निस्कदैन तवसम्म देशमा  लगानी गर्न गाह्रो हुन्छ । अब देशमा हरेक क्षेत्र कृषि कपड़ा उधोग अटोपार्ट्स हरु र खनिज प्रसोधन हरु इलोट्रोनिक उत्पादन हरुको उत्पादन देशभित्र हुनुपर्छ देशमा लगानीको रामो बाताबरण ल्याउनु पर्छ हरेक पालिकामा देसैभरी उधोग धन्दाको बिकाश हुनुपर्छ उत्पादित समान देशमा खपत गरि अन्य बिदेस निर्यात गर्नुपर्छ  ।नेपाली बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउनु पर्छ । बिदेशी मुद्रा आर्जन गर्नु पर्छ रोजगारी बढाउनु पर्छ , बिदेशीएका युवालाई स्वदेस मै रोजगारीको वातावरण र आफु स्वरोजगार हुने बाताबरण सिर्जना गरेमा व्यापार घाटकम हुन्छ । यो अहिलेको गिट्टी दोस्रो देश निर्यात गर्ने योजना उपयुक्त छैन जतिसक्दो स्वदेशी बस्तु उत्पादन गरि निर्यात गर्ने र बिदेशी बस्तु को आयात कम र प्रतिबन्ध गर्ने ।

    अब देशमा हरेक क्षेत्र कृषि कपड़ा उधोग अटोपार्ट्स हरु र खनिज प्रसोधन हरु इलोट्रोनिक उत्पादन हरुको उत्पादन देशभित्र हुनुपर्छ देशमा लगानीको रामो बाताबरण ल्याउनु पर्छ हरेक पालिकामा देसैभरी उधोग धन्दाको बिकाश हुनुपर्छ उत्पादित समान देशमा खपत गरि अन्य बिदेस निर्यात गर्नुपर्छ । नेपाली बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा  गराउनु पर्छ  । बिदेशी मुद्रा आर्जन गर्नु पर्छ रोजगारी बढाउनु पर्छ बिदेसिएका युवालाई स्वदेस मै रोजगारीको वातावरण र आफुस्वरोजगार हुने बाताबरण सिर्जना गरेमा व्यापार घाटकम हुन्छ ।

    यो अहिलेको गिट्टी दोस्रो देश निर्यात गर्ने योजना उपयुक्त छैन जतिसक्दो स्वदेशी बस्तु उत्पादन गरि निर्यात गर्ने र बिदेशी बस्तु को आयत कम र प्रतिबन्ध  गर्ने आफै आफ्नै देशमा आत्मनिर्भर भएमा ब्यापार घाटा कम गर्न सकिन्छ ।अब ढिलाभइ सक्यो देशका दिग्गजहरु योजनाबिद हरु अर्थसाश्त्री हरु सग विशेषगरि राम्रो परामर्श गरि दिघकालिन सोच बिचार बाट अघाडी बड्नुपर्छ यो आज सरकारलगायत सबैको साझा दाइत्व हो ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech