ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

लहैलहैमा शेयरमा लगानी नगर्नुहोस्ः धितोपत्र बोर्ड
  • हजुरकाे पाेष्ट

  • २६ जेठ ,काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले लहैलहैमा शेयर बजारमा लगानी नगर्न सचेत गराएको छ । बोर्डले एक सूचना निकालेर बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीकर्ताले जोखिमलाई पनि ध्यानमा राखेर जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डले आग्रह गरेको छ ।

    अहिले शेयर बजारको ९० प्रतिशत कारोबार अनलाइनमार्फत भइरहेको जानकारी दिँदै धितोपत्र बोर्डले प्रविधिको सही सदुपयोग गर्न पनि सचेत गराएको छ । यस्तै बजार बढेसँगै कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा आइरहेको र यसको बारेमा अध्ययन भइरहेको जानकारी दिँदै बोर्डले लगानीकर्तालाई सचेत गराएकाे हाे ।

    बाेर्डले लगानीकर्तालाई देशको आर्थिक अवस्था, प्रति–शेयर आम्दानी, प्रति–शेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात,  किताबी मूल्यमा बजार मूल्यको अनुपात, संस्थागत सुशासनको अवस्था समेतलाई ध्यानमा राख्न सचेत गराएको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech