ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

असारदेखि निषेधाज्ञा खुकुलाे बनाउँदै लैजाने सरकारकाे तयारी
  • हजुरकाे पाेष्ट

  • २६ जेठ,काठमाण्डाै – विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएकाे निषेधाज्ञाकाे आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्याेल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने काम भइरहेको जानकारी दिए।

    यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुजडाउन’ लागू गर्ने योजना छ, देशभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ, दाहालले भने, केही सहजीकरण भने पक्कै हुनेछ ।

    सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।

    कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाइएकाे निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा बढेसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ । सोमवार झन्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार चार सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको र ६ हजार नाै सय ५१ सङ्क्रमित निको भएका छन् । त्यही अवधिमा कोरोनाबाट ९२ जनाको ज्यान गएकाे छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तीमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । ज्यान गुमाउनेकाे सङ्ख्या तीन अङ्कको थियो ।

    कोरोनाको पहिलो लहरमा लगाइएकाे लकडाउन एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपालि भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे । उनका अनुसार आवश्यकताका आधारमा बिस्तारै खुकुलो पार्दै लगिने छ । त्यस अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने अझै खुल्ने छैनन् ।

     

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech