ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

२ जेठ २०७५ को स्थायी कमिटी बैठक बोलाउन एमाले उपाध्यक्ष गाैतमकाे प्रस्ताव
  • हजुरकाे पाेष्ट

  • २६ जेठ काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ को जेठ ३ पूर्व कायम रहेको स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गर्न प्रस्ताव गरेका छन ।

    जतिसक्दो छिटो २०७५ को जेठ ३ पूर्व कायम रहेको अथवा माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा पहिले कायम रहेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याबारे छलफल गरेर सही मार्ग दर्शन गर्नुपर्ने उनकाे भनाइ छ । नेकपा एमाले एकता अभियान समितिको बैठकपछि गौतमले विज्ञप्ति निकालेर जेठ ३ पूर्वको संरचनामा रहेको एमालेका दुई वरिष्ठ नेता, ४ उपाध्यक्ष, एक महासचिव, २ उप-महासचिव र ५ सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर मध्यमार्गी बाटो खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन ।

    यस्तै नेता गौतमले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि इमानदार प्रयत्न नगरेको समेत बताएका छन । अध्यक्ष ओलीले एकता आह्वान गर्दै निकालेको विज्ञप्तिमा आफ्नै प्रशंसा गर्दै कुटिल चातुर्य र जालझेलको भाषा शैली प्रयोग गरेको गौतमको आरोप छ । ओलीको पार्टीलाई २०७५ को जेठ ३ पूर्वको संरचनामा पुर्याउने कुरा सकारात्मक भएको भए पनि जनवर्गीय संगठनको संरचना मूलभूत रुपमा भन्ने शब्दको अर्थ पहिलेको अवस्थामा जस्ताको त्यस्तै राख्न अस्वीकार पनि गर्न सकिन्छ भनेर बुझ्न सकिने उनकाे भनाइ छ ।

    यस्तै गौतमले खनाल–नेपाल समूहका नेताहरुले संविधानको धारा ७६ को ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र सर्वोच्च अदालत पुगेर हस्ताक्षर पेश गर्नु पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीकै अनेकौं विवादित क्रियाकलापको परिणाम रहेको आरोप लगाएका छन ।

    यस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनःस्थापना अथवा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा चुनावमा जान परेमा दुवै अवस्थाका चुनौतीलाई सामना गर्न एकतावद्ध एमाले तयार छ भन्ने सन्देश दिने छलाङ लगाएर अघि बढ्नुपर्ने नेता गौतमको भनाइ छ ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech