ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुने
  • हजुरकाे पाेष्ट

  • २६ जेठ,काठमाण्डौ । सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ ।

    संवैधानिक इजलासमा लगातार दुई दिनसम्म स्थगित भएको सुुनुवाइ आजदेखि सुरु हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहेका छन ।

    यसअघि जेठ १४ गते प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको इजलास गठन गरेका थिए । रिट निवेदक पक्षका वकिलहरुले श्रेष्ठ र केसीलाई यो इजलासमा राख्ने नमिल्ने माग गरेपछि प्रधानन्यायाधीशले उनिहरूले इजलासमा नराखेर खड्का र खतिवडालाई समावेश गरेर दोस्रो पटक इजलास गठन गरेकाे हाे । तर आइतबार गठन भएको नयाँ इजलासमा रहेका न्यायाधीशहरुबारे सरकारी वकिलले पनि प्रश्न उठाएका छन् ।

    प्रधानन्यायाधीश जबराले गठन गरेको इजलासमा रहेका न्यायाधीशबारे विवाद भएसँगै अहिलेसम्म विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेकोे छैन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्चमा विभिन्न ३० वटा रिट निवेदन दर्ता भएका छन् ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech