ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

काेराेना संक्रमण घटेसँगै डेढ महिनापछि खुले दाङका बजार
  • हजुरकाे पाेष्ट

  • २६ जेठ,दाङ । करिब डेढ महिना बन्द दाङका बजार  बुधबारदेखि आंशिक रूपमा  खुलेका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दाङको बैठकले यसअघिका निर्णयलाई केही परिमार्जन गर्दै निषेधाज्ञालाई असार १ गतेसम्म निरन्तरता दिने तर बिहान ६ बजेदेखि १० बजेसम्म बजार खोल्ने निर्णय  गरेको हो ।

    निषेधाज्ञाका कारण गएकाे बैशाख १७ गतेदेखि यहाँका बजार बन्द थिए । बैठकको निर्णय अनुसार होटेल, रेस्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुलेका छन् । प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्न दिने निर्णय गरेको छ ।

    दाङमा कुनै बेला ह्वात्तै बढेको कोरोना संक्रमण पछिल्लो समय घट्दै गएको छ । कोरोना संक्रमण घट्दै गएपछि अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् । करिब दुई हप्ता अघिसम्म जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालमा बेड पाउन मुस्किल हुन्थ्यो । त्यसैमा अक्सिजन जुटाउन झन समस्या थियो तर पछिल्लो समय कोरोना संक्रमण दर घटेसँगै अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech