ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

एमाले दाेस्राे तहका नेताहरूबीच मंगलबार साँझ होटल समिटमा वार्ता, वार्ता सकारात्मक भएकाे जानकारी।
  • हजुरकाे पाेष्ट

  • २६ जेठ, काठमाडौं । अध्यक्ष केपी शर्मा ओली वक्तव्य र वरिष्ठ नेता माधवकुमार नेपालको प्रति–वक्तव्यले नेकपा एमालेको एकता प्रयासमाथि प्रश्न उठेका बेला दोस्रो तहका नेताहरुबीच वार्ता भएको छ ।

    मंगलबार साँझ होटल समिटमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्वाद भएको थियो । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए । दोस्रो तहका नेताहरुबीच भइरहेको एकता सम्वादमा आचार्य पहिलो पटक सहभागी भएका हुन् ।

    एक नेताका अनुसार छलफलका क्रममा अध्यक्ष ओली र नेता नेपालको वक्तव्यबारे एकअर्को पक्षले गुनासो गरेका थिए । ओली पक्षले २०७५ जेठ ३ पूर्व फर्किने प्रतिवद्धता जनाए पनि सहमतिमा नआएको ओली पक्षको गुनासो थियो । नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओलीको प्रस्तावमा थप प्रष्टता खोजेका छन् ।

    मंगलबार भएको छलफलमा पनि ओली पक्षका नेताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने जोड दिएका छन् । तर नेपाल पक्षका नेताहरुले नेता नेपालको वक्तव्यमा झै संसद विघटनपछि रिट गएकाले विघटन फिर्ता भए हस्ताक्षर पनि स्वतः फिर्ता हुने बताएका थिए ।

    यद्यपि छलफल सकारात्मक रहेको दुबै पक्षका नेताहरुले बताएका छन् । छलफलमा सहभागी नेपाल पक्षका एक नेता भन्छन्, ‘यो पार्टीलाई कसरी एकतावद्ध गराउने भनेर भइरहेको छलफलकै निरन्तरता हो । र सकारात्मक छ ।’

    नेता सुवास नेम्वाङले पनि सम्वाद जारी रहने बताए । भेटबारे हजुरकाे पाेष्ट डट कमलाई छोटो प्रतिक्रिया दिदै उनले भने, ‘पार्टी एकताका लागि हाम्रो बीचमा निन्तर सम्पर्क छ र यो जारी रहन्छ ।’

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech