ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

भदौमा पार्टीकाे महाधिवेशन हुन्छ, कोही पनि भ्रममा नपराैँ : सभापति देउवा
  • हजुरकाे पाेष्ट

  • २६ जेठ,काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धता जनाएका छन । बुधवार विज्ञप्ति निकालेर सभापति देउवाले आउँदो भदौमा पार्टीकाे चौधौँ महाधिवेशन हुने र त्यसमा आफू प्रतिबद्ध रहेको जानकारी गराएका हुन ।

    पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएको भन्दै उहाँले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्रोसँग बुझेको बताए ।

    महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको भन्दै उनले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति स्वीकार्य नहुने बताए । पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने काम भएको भन्दै उहाँले यसका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

    असार र साउन महिनाभर महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्ने भन्दै उनले पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारीलगायत महाधिवेशनका सबै काम सक्नुपर्ने भन्दै सभापति देउवाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भइ काम भइरहेको जानकारी दिए ।

    महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरि आ–आफ्नो ठाउँबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भइ लाग्नसमेत उहाँले कार्यकर्तालाई आह्वान गरे ।

    यसैबीच उनले सरकारले नागरिकको स्वास्थ्यका बारेमा समयमा गम्भीर भइ इमानदारीपूर्वक काम नगरेका कारण यो अवस्था सिर्जना भएको र यसमा सरकार पूर्ण रूपले दोषी रहेको कताएका छन।

    बिज्ञप्ति जस्ताकाे तेस्तै।


  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech