ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

गल्ती महसुस गरेर पार्टीमा आए ठाउँ दिइन्छ : प्रधानमन्त्री ओली
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताउनुभएको छ । नेताहरूलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिनुभयो ।

    बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभयो । पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने भन्दै उहाँले अनुशासित भएर पार्टीमा काम गर्न खनाल समूहलाई आग्रह गर्नुभयो ।

    पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूसँग एक्ला–एक्लै छलफल गर्दै आउनुभएको छ । बुधवार (हिजो) मात्रै उहाँले माधवकुमार नेपाल र खनाल–नेपाल समूहका अर्का नेता योगेश भट्टराईसँग छलफल गर्नुभएको थियो ।

    यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । ओलीले बिहीवार (आज) नयाँ कार्यालयमा पदस्थापन पनि गर्नुभएको छ । बल्खुमा रहेको कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो ।

    बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको हो ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech