२७ जेठ अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ मा जीप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका -९ ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि भूमिकास्थान-९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी गणेश खनालले बताएका छन ।
जीप सडकबाट झण्डै ८० मिटर तल खसेको थियाे । कुखुराको दाना डेभा छोडेर फर्कने क्रममा ब्रेक फेल भएकाे हुन सक्ने बताइएको छ ।