ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

निजी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको विरोधमा बालुवाटारमा विरोध प्रर्दशन केही प्रर्दशनकारी प्रक्राउ
  • हजुरकाे पाेष्ट

  • काठमाडौं जेठ २८,निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिन लागेको विरोधमा नागरिक अभियन्ताहरुले बालुवाटारमा विरोध प्रर्दशन गरेका छन् ।

    चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै अभियन्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका छन् ।

    प्रदर्शनको क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जिव उप्रेती, युग पाठक, अर्चना थापा, रिता परियारलगायत १० जना भन्दा बढीलाई पक्राउ गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा झापाको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट जवरजस्ती सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अभियन्ताहरुले विरोध गरेका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धनका लागि अनावश्यक दबाब द्रिइएको आरोप लगाएका छन् । सरकारी अस्पतालको गुणस्तर सुधार नगरी निजी मेडिकल कलेजलाई जथाभावी सम्बन्धन बाँडेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

    उता प्रधानमन्त्री ओलीले बालुवारमै चिकित्सा शिक्षा आयोगको बैठक बिहान ११ बजे बोलाएका छन। ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech