ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न गण्डकी प्रदेश प्रमुखको आह्वान
  • हजुरकाे पाेष्ट

  • पोखरा । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी छिन् ।

    प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समयभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्न सक्ने आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी हुन् ।

    प्रदेशसभा सचिवालयबाट धारा १६८ ३ अनुसारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेको पत्र पाएपछि पौडेलले उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु गरेकी हुन् । २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिइएको छ ।

    विपक्षी दलहरुले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । ३१ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी विपक्षी गठबन्धनले गरेको हो । प्रदेशसभामा जम्मा ३० जना सदस्यहरु रहेको विपक्षी गठबन्धनलाई स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गर्ने घोषणा गरेका छन् ।
    आजै मात्र राष्ट्रिय जनमोर्चाका बागी सांसद कृष्ण थापाको पद पुनः खारेज भएको छ । हिजो भएको मतदानमा मुख्यमन्त्री विरुद्ध मतदान गर्ने दलको ह्वीप विपरित तटस्थ बसेका थापालाई राजमोले आज पुनः कारवाही गरेको थियो । त्यसको पत्र प्रदेशसभा सचिवालयले पढेर सुनाइसकेको छ । अब प्रदेशसभा ५९ सदस्यीय भएको छ ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech