ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति अपराधिक भएकाे एमालेकाे निष्कर्ष
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – नेकपा एमालेले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति आपराधिक भएको बताएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर वैद्यको भनाइको भर्त्सना गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

    वैद्यको भनाइ फौजदारी कानुन आकर्षित हुने खालको भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । यस अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय देशको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ ।’

    प्रवक्ता ज्ञवालीले यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत ध्यानाकर्षण गराउनुभएको छ । वैद्य नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य हुनुहुन्छ ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech