ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

तितेपातीमा उधमशिलाताको कुरा
  • हजुरकाे पाेष्ट

  • गाेपाल घिमिरे २९ जेठ बुटवल।

    पृष्ठभूमि

    यो लेखको रचना गर्नुको मुख्य उद्देश्य नयाँ उधमशील क्षेत्रहरुको बारेमा सकेसम्म धेरै भन्दा धेरै जानकारी प्रदान गर्नुका साथै सो क्षेत्रको व्यावसायिक सम्भावनाहरुको उजागर गर्नु र धेरै भन्दा धेरै युवाहरुलाई नेपालमै उधमी बन्न सकिन्छ भन्ने कुराको ढाडस दिदै उत्प्रेरित गर्नु हो। त्यसैगरी यो लेखलाई सकेसम्म व्याबहारिक र सरल बनाउने कोसिस रहने नै छ । सनातन कालदेखिनै पूर्वीय सभ्यता अध्ययन अनुसन्धान, अध्यात्मिक विकास, शारीरिक परिश्रम जस्ता गुणहरुले विभूषित थिए त्यसैले त व्यावहारिकतामा आधारित भएर कति धेरै खोज अनुसन्धानले पूर्ण दर्शन शास्त्र, साहित्य, ग्रन्थहरु अहिले पनि हामीसंग छन्। त्यसैले त हामीसंग सम्पन्न परम्परा छ। कर्ममा वा उधममा विश्वास गर्ने हुनाले हामीले उधमको परिभाषा खोज्न धेरै भौतारिनु पर्दैन। कुनै पनि कार्य जसमा लगानी हुन्छ जस्तै आर्थिक, श्रम, समय साथै जोखिम वहन गर्न सक्नुपर्छ । तसर्थ सिर्जनशिलाताले भरिपुर्ण कुनै नयाँ कार्यलाई उधम भनिन्छ। जसमा कार्य पनि नयाँ हुनुपर्यो फरक हुनुपर्यो, सिर्जनशिल हुनुपर्यो साथै जोखिम वहन गर्न सक्ने क्षमता पनि हुनुपर्यो यी सम्पूर्ण तत्वले युक्त व्यक्तिलाई सामान्यतया उधमी भनिन्छ भने उद्यमशिलता भनेको एउटा विचार पनि हो र यो संसारले दिएको एउटा उत्कृष्टता पनि हो जसको सहि र बुद्धिमानीपूर्वक प्रयोगबाट मानव जीवनमा सकारात्मक फरक ल्याउन सकिन्छ ।

    • तितेपातीको बारेमा

    तितेपाती एक प्रकारको झार हो। यो संसारका केहि देशहरुमा पाइन्छ। यसको सबै भन्दा धेरै खेति प्रशोधन र निर्यात चीनले गर्दछ त्यसपछि दक्षिण कोरिया, जापान, नेपाल आदि। संसारभरी तितेपाती लाई ठाउँ अनुसार विभिन्न नामले चिनिन्छ। नेपालमा तितेपाती हाम्रो घर वरपर जताततै कहिँ अलि बाक्लो कहिँ अलि पातलो उम्रेको देख्न पाइन्छ। हामीले यसलाई कहिले काहीं गाइँ वस्तुको गोठमा ओछ्याउने सोत्त्तरको रुपमा प्रयोग गर्छौ भने कहीं कतै ज्वरो आउदा यसलाई उमालेर रस पिउने वा औषधिको रुपमा पनि प्रयोग गर्छौ।


    तितेपातीका गुणहरु के छन् र यसको प्रयोग हाम्रो दैनिक जीवनमा कसरि गर्न सकिन्छ त हेरौ।


    नेपाल मा पाइने जम्मा पांच, छ प्रकारको प्रजाति छ। यसको प्रयोग पुजा आजामा पनि गरिन्छ। तितेपातीका विभिन्न फलदायी गुणहरु छन् जसको सबैभन्दा प्रमुख र महत्वपुर्ण गुण हो तितोपना साथै यसका गुणहरुको आधारमा ठाउँ र देश विशेष फरक फरक तरिकाले प्रयोग भएको पाइन्छ।

    हाम्रो देशमा पनि आयुरर्वेदिक औषधिहरुमा विभिन्न रुपमा भिन्न भिन्न मात्रामा प्रयोग भएको पाइन्छ साथै घरेलु औषधिको रुपमा पनि यसको गुणको आधारमा प्रयोग भएको पाइन्छ। यसका साथै महिलाहरुसंग सम्बन्धित रोग निको पार्न, सामान्य पेट दुखेको बेलामा, वान्ता रोक्नको लागि, सामान्य कब्जियत भएको अवस्थामा यसलाई घरेलु औषधिको रुपमा प्रयोग गरेको पाइन्छ ।

    तुलनात्मक रुपमा अन्य देशले भन्दा चीनले यसको उत्पादन प्रयोग साथै निर्यात पनि धेरै गर्दछ। चीनमा यसलाई विभिन्न खानामा मसलाको रुपमा मिसाएर खाने चलन पनि छ ।दैनिक जसो सुपको रुपमा यसलाई पिउनाले स्वास्थ्य राम्रो रहने विश्वास गरिन्छ साथै यसमा निहित गुणहरु उक्त विश्वासलाइ वैज्ञानिक रुपमा प्रमाणित गरेको पाइन्छ। विभिन्न सौन्दर्य संग सम्बन्धित वस्तुहरुको उत्पादन गर्न प्रयोग गरेको पाइन्छ।

    दक्षिण कोरियामा तितेपातीबाट उत्पादित साबुन, फेस वास साथै विभिन्न छालालाई नरम बनाउने क्रिमहरु उत्पादन भएका छन। जापान, दक्षिण कोरिया जस्ता देशहरुमा नियमित खाने खानामा पनि मसला वा कुनै न कुनै रुपमा तितेपातीलाइ मिसाएर खाने गरेको पाइन्छ। केहि यूरोपियन देशहरुमा यसको प्रयोग क्रिशमसको समयमा विशेषरुपमा खाने गरेको पाइन्छ। यसको सबैभन्दा महत्वपुर्ण पक्ष भनेको औषधीय रुपमा यसको प्रयोग हो। चीन, दक्षिण कोरिया र जापान जस्ता देशहरुमा तितेपातीको प्रयोग परम्परागत औषधिको रुपमा व्यापक रुपमा छ। तितेपाती लाइ सुकाएर मोग्जा बनाइन्छ र उक्त मोग्जाबाट तातो प्रदान गरेर उपचार गर्ने पद्दतिलाइ मोग्जिबुसन भनिन्छ। जसले शरीरमा रहेका दुखाई संग सम्बन्धित रोगहरु निको बनाई मानिसलाई चुस्त राख्न मद्दत गर्ने विश्वास गरिन्छ।अर्को महत्वपुर्ण प्रयोग भनेको सौन्दर्यका वस्तुहरुको उत्पादन र यसबाट उत्पादित वस्तुको प्रयोग हो जुन दक्षिण कोरियामा पाइन्छ। मग्वोर्ट फेसिअल भनेर संचालनमा आएको पाइन्छ। यसको गुण र प्रयोगको बारेमा अझै धेरै अध्ययन अनुसन्धानहरु भैरहेका छन् र यसले गर्दा यसको प्रयोगमा अझै विस्तार हुनेछ।


    • नेपालमा यसको व्यावसायिक उत्पादन

    अहिले सम्म यसको बारेमा उल्लेख्य रुपमा व्यावसायिक रुपमा खोज अनुसन्धान गरेको पाइएको छैन। यसको मतलब यो होइन कि व्यावसायिक रुपमा नेपालमा यसको सम्भावना नै छैन वा नेपालमा यसको बारेमा केहि पनि भएको छैन। विगत केहि वर्ष देखि एकजना अकुपन्चर डाक्टर यसको खेति, प्रशोधन, अन्तिम वस्तु उत्पादन र बिक्रि वितरणमा लागिरहनु भएको छ। तरपनि वहाले जति तितेपाती माग गर्नु भएको छ कच्चा पदार्थको रुपमा माग भन्दा धेरै कम मात्रामा आपूर्ति भएको बताउनुहुन्छ। वहाँले तितेपातीबाट मोग्जा बनाउनुहुन्छ।

    तितेपातीको खेति गर्न नेपालको धेरै जसो भूभागमा सकिन्छ। पानी नजम्ने हल्का लेसाइलो प्रकारको माटो जहाँ पारिलो ठाउमा हुन्छ। नेपालको धेरै जसो पहाडी भूभागमा यसको उत्पादन सजिलै संग गर्न सकिन्छ। यसको खेति गर्न धेरै मिहिनेत गर्नु पर्दैन सामान्यतय गाइ वस्तुहरुले यसलाई नखाने र यसमा किरा नलाग्ने हुनाले पनि अझै सजिलो भएको हो। यदि यसको व्यावसायिक खेति गर्ने हो भने प्रति रोपनी जग्गामा वार्षिक १००० के जी उत्पादन गर्न सकिन्छ।

    आजको दिनमा तितेपाती जसको पातको पछिल्लो भागमा सेतो भुवा हुन्छ त्यसको मूल्य प्रति के जी ५० रुपयाँ छ ।नेपालको जुनसुकै ठाउमा आफै आएर लैजाने कुरा यसको प्रवर्दन र विकासमा लाग्ने डा. इश्वरराज बलामीले बताउनुहुन्छ। यो हिसाबले २० रोपनी जग्गामा तितेपातीको खेती गर्दा बार्षिक १०, १२ लाख रुपयाँ कमाउन सकिने देखिन्छ। संसारमा यसको सबैभन्दा ठुलो निर्यातकर्ता देश चीन हो, वार्षिक रुपमा यसको व्यापारमा वृद्धि भएको पाइन्छ।

    चीनले तितेपातीको खेतीको लागि विशेष क्षेत्र घोषणा गरि गरिबी निवारण गर्ने औजार को रुपमा प्रयोग गरेको छ। त्यसपछि जापान, कोरिया, नेपाल र केहि यूरोपियन देशहरुले पनि अन्तराष्ट्रिय रुपमा यसको सफल व्यापार गरेको पाइन्छ।


    अन्त्यमा ,

    म आफै पनि यसको विज्ञ नभएको कारणले गर्दा पनि यसका धेरै तथा महत्वपुर्ण पक्षहरु छुटेका हुन सक्छन, सरकारले दिगो विकास र कृषि तथा जडिबुटी जन्य खेतीमा लगानी बढाएको सन्दर्भमा तितेपातीको खेति, प्रशोधन र विक्रिवितरणमा सहयोग गर्नाले पनि सरकारको निर्धारित उद्देश्य प्राप्तिमा सहयोग पुग्ने उद्देश्यले लेख प्रकाशित भएको हो।

    साथै कोविड १९ को कारणले कयौं युवा उधमीहरुले आर्थिक नोक्सानी व्यहोर्नु परेको छ भने कतिले ठुलो आकारको व्यवसाय सानो बनाउनु परेको छ कति ले त बन्दै गर्नु परेको छ। थुप्रै रोजगारी गुमेका छन् साथै यसको दिर्घकालिन असर देखिने निश्चित प्राय छ। वैदेशिक रोजगारमा गएकाहरु आफ्नो रोजगार गुमेर फर्कनु परेको छ। संसारभरी नै धेरै बेरेजगारी भएका छन् भने तुरुन्तै रोजगार सिर्जना हुने अवस्था पनि कमजोर छ। यसले परिवारमा कलह बढाउने, घरेलु हिंसामा बढोत्तरी हुने, समाजमा अपराध बढ्ने साथै सामाजिक संरचनामा खलल पुग्न सक्छ। उपरोक्त समस्याहरुको सकारात्मक रुपान्तरणको लागि यो एउटा औजार सावित हुन सक्छ।

    जो युवाहरुले केहि गरौ भन्ने उर्जाले युक्त हुनुहुन्छ भने पनि कम लगानीमा यो एउटा उधमी बन्ने अवसर पनि हुन सक्छ, विदेशबाट आफ्नो रोजगारी गुमेर घरमै बसेका युवाहरुले पनि यसलाई व्यावसायिक खेति गर्नाले मनोबैज्ञानिक रुपमा आउन सक्ने नकारात्मक कुराको निवारण भै स्वदेशमै उधमी बन्न सकिन्छ ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech