ब्रेकिङ
गण्डकीका विपक्षी भन्छन्, ‘केन्द्रकै प्रवृत्ति यता देखियो, ३१ जना नै प्रदेश प्रमुखकोमा जाँदैछाैँ’
  • हजुरकाे पाेष्ट

  • २९ जेठ पाेखरा । गण्डकी प्रदेशका विपक्षी दलहरुले नयाँ सरकार गठनको विषयमा केन्द्रमा जस्तै प्रवृत्ति प्रदेशमा पनि देखिएको बताएका छन् ।

    नयाँ सरकार गठनको लागि हिजो कांग्रेस,माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजिव गुरुङसहित ३१ जना प्रदेशसभा सदस्य हस्ताक्षर र भौतिक रुपमै प्रदेशप्रमुख सीताकुमारी पौडेलकोमा पुगेर दाबी पेश गरेका थिए । विपक्षी दलले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् । तर आज फेरि एमालेका पृथ्वीसुब्बा गुरुङले दाबी पेश गरेका छन  ।

    यसलाई विपक्षीले ‘लाजमर्दो’ क्रियाकलाप भनेका छन् । ‘केन्द्रमा केपी शर्मा ओलीले जे जस्ता प्रतिगामी कदम अघि बढाइरहेका छन , यहाँ पनि त्यै दोहोर्याउन खोजिएको छ, यतिसम्मको लाजमर्दो बाटो राजनीति जान्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ’, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने ।

    उनले अहिले पनि आफूहरु ३१ जना नै सँगै रहेको र प्रदेशप्रमुखलाई भेट्न जान लागेको बताए । ‘३१ जना नै सँगै छौँ, प्रदेश प्रमुखको नियत पनि ठीक देखिएको छैन, हामी छलफल गर्छौँ’, पोखरेलले भने ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech