ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
  • हजुरकाे पाेष्ट

  • २९ जेठ पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।

    प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। शनिबारै दिउँसो जसपाको महन्थ ठाकुर पक्षको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले पनि दाबी गरेका थिए। त्यसपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका कृष्ण नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए।

    प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयसीमा भित्र मुख्यमन्त्री नियुक्तिको पत्र नआएपछि गठबन्धनका सांसदहरु धर्नामा बसेका थिए। प्रदेशको राजनीति पनि संघको राजनीतिकै दिशामा जान लागेको आशंकामा गठबन्धनका सम्पूर्ण सांसदसहित धर्नामा बसेका बताइएको थियो। कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ तथा एक स्वतन्त्र सांसद दीपक मनाङे धर्नामा बसेका थिए।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech