२ढ जेठ काठमाडौं । वागमती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको भनी दिएको अभिव्यक्तिको उनकै पार्टीसहित सर्वत्र निन्दा भइरहेका बेला एमालेका एक नेताले समर्थन जनाएका छन् ।
एमाले केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसद मेटमणी चौधरीले फेसबुकमा लामो स्टाटस लेख्दै नरोत्तम वैद्यको अभिव्यक्ति सबैलाई अप्रिय लागे पनि सत्य यहि हो भनेका छन् । उनले सत्य उजागर गरेकोमा वैद्यलाई धन्यवाद समेत दिएका छन् ।