ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

राज्यका निकायलाइ “सरकारका दीर्घकालिन काममा साथ नदिनः” विपक्षी गठबन्धनकाे चेतावनि
  • हजुरकाे पाेष्ट

  • २९ जेठ,काठमाडौं । विपक्षी गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतलाई असर पार्ने दीर्घकालिन प्रकृतिका काम नगर्न चेतावनी दिएको छ ।

    यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका निकायहरुलाई गठबन्धनले आग्रह समेत गरेको छ । गठबन्धनमा संलग्न पाँच नेताहरुले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

    पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गरेका उनीहरुले नेपालको संवैधानिक व्यवस्थामाथि भइरहेको निरंकुश हमलाका विरुद्ध एैक्यवद्धता जनाउन सबैसँग आग्रह गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न नर नगराउन चेतावनी दिँदै यसप्रकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अंगहरुलाई समत आग्रह गर्दछौं ।’ विज्ञप्तिमा शेरबहादुर देउवा , प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

    यस्ताे छ प्रेस वक्तव्य ।


  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech