२९ जेठ,मकवानपुर । दुई दिनदेखि छलफल चलिरहेको वाग्मती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज पारित गरिएको छ ।
शनिबार बसेको प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । शनिबारको छलफलमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमबारे रोष्टममा उठेको प्रश्नको जवाफ दिएका थिय।
छलफलमा प्रदेश सरकारले सञ्चालन गर्ने भनिएको विद्युतीय बस देखि भीमफेदी कुलेखानी सुरु«मार्गको विषयमा पनि बहस भयो । आफूले अध्ययन अनुसन्धान गरेर कार्यक्रम ल्याएको भन्दै त्यसको विरोध नगर्न पनि मुख्यमन्त्री पौडेलले आग्रह गरे ।
‘हामी सारा अनुसन्धान सर्वेक्षण गरेर कार्यक्रमहरु ल्याएका छौ, सस्तो लोकप्रियताको लागि विरोध नगरौ’, उनले भने ।
यस्तै छलफलमा नीति तथा कार्यक्रमका केही विषय संसोधनको लागि प्रदेश सभा सदस्यले सुझाव पनि दिएका छन् ।