२९ जेठ बुटवल। प्यावसन, एन प्याव्सन र हिसानको संयुक्त आयोजनामा संचालित Nepal School Mela Online Quiz Contest २०७८ मा नेपाल अधिराज्यभरिबाट सहमागी ४७ जिल्लाका २०० विद्यालय हरुको सहभागीता थियाे।
“कान्ति माध्यमिक विद्यालय बुटवल रुपन्देही” नेपाल स्कुल मेला (ONLINE QUIZ CONTEST )२०७८ ले आयोजना गरेको राष्ट्रिय स्तरको प्रयोगितामा सहभागी २०० विद्यालयलाई पछि पार्दै द्वितीय स्थान प्राप्त गर्न सफल भएकोछ ।
विद्यालयबाट मिहिनेती विद्यार्थी अशोक आचार्यले सहभागीता जनाएका थिए । लुम्बिनी प्रदेशको नमुना विद्यालयका रुपमा पटक पटक पुरस्कृत हुदै आएकाे यस विद्यालयले विभिन्न समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियाेगीतामा सफलता प्राप्त गरिरहेकाे छ । यसै बिच विद्यालयले अहिले आफुलाई प्रदेश स्तरकाे पहिलाे विज्ञान प्रयाेशाला रहेकाे उच्चस्तरीय विज्ञान प्रयाेशालाकाे निर्माणलाई अगाडि बढाएकाे छ भने विद्यार्थीलाई उनिहरु अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनका लागि क्षमता अनुसारका अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिदै शिक्षण सिकाई क्रियाकलापलाई अगाडि बढाउदै लगेकाे छ ।