ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

भ्याक्सिन लगाएका कुखुरा नै त्यही रोगबाट मर्न थालेपछि विदेशमा स्वाब लगेर परीक्षण गर्ने तयारी
  • हजुरकाे पाेष्ट

  • ३० जेठ काठमाण्डौ । रानीखेतलगायत रोगविरुद्ध खोप लगाएका कुखुराहरु नै त्यसै रोगका कारण मर्न थालेपछि यसबारे थप अनुसन्धान सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरुले यसबारे थप अनुसन्धान गरिरहेका छन् ।

    यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले पनि यसबारे थप अनुसन्धान गरिरहेको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिए । रानीखेतविरुद्धको भ्याक्सिन नेपालमा पनि उत्पादन हुँदै आएको छ । एफ वान, लासोटा र आर दु बी भ्याक्सिनको प्रभावकारिताबारे समेत विज्ञहरुले अनुसन्धान सुरु गरेका छन् ।

    यो वर्ष विभिन्न सरुवा रोगका कारण ६० लाखभन्दा धेरै कुखुराहरु मरेका छन् । अहिले लोकल कुखुरा, हाँस, गिरिराजलगायत कुखुराहरुमा बढी समस्या देखिएको र आवश्यक अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विज्ञहरुसँग पनि परामर्शका लागि स्वाब विदेश पढाउने तयारी भएको प्रवक्ता ढकालको भनाइ छ ।

    कोरोना सङ्क्रमणका कारण समयमै स्वाब विदेश पठाउन ढिला भएको उनले बताए  । यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले भ्याक्सिन राम्रोसँग नलगाउँदा सबैभन्दा धेरै समस्या आएको निष्कर्ष निकालेको छ । राम्रोसँग भ्याक्सिन लगाउन सकियो भने जोखिम कम गर्न सकिने तर समस्या भने रहेको विभागका उपमहानिर्देशक डा.रामनन्दन तिवारीले जानकारी दिए ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech