ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, झण्डै ४० लाख परिवार समस्यामा
  • हजुरकाे पाेष्ट

  • ३० जेठ,काठमाण्डाै । निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ ।

    महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र पूर्ण रुपले प्रभावित भएको छ । झण्डै चार लाख गाडी थन्किँदा अर्बौँको नोक्सानी भएको व्यवसायीले बताएका छन् ।

    महासचिव सिटौलाका अनुसार थन्किएका गाडी राखेकै ठाउँमा खिइने अवस्थामा पुगेका छन् । निषेधाज्ञाको समयमा गाडीको बीमा, ब्लु बुक नवीकरणलगायत यातायात क्षेत्रमा लाग्ने कुनै कर र शुल्क लिन नहुने र मजदुरहरुलाई सहुलियत दिनुपर्ने उनकाे  माग छ । महासङ्घका अनुसार  अघिल्लो  वर्ष पनि लकडाउनका कारण साढे दुई लाख मजदुरको रोजगारी गुमेको थियो ।

     

     

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech