ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति
  • हजुरकाे पाेष्ट

  • ३० जेठ पाेखरा । गण्डकीमा नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे छलफल अघि बढाएको छ । यसबारे निर्णय भने भइनसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

    ‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म गरिएको रहेनछ । संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधा दिनुपर्छ भनेर हामीले छलफल गर्याैँ ,’ उनले भने, ‘सामान्य समझदारी भए पनि निर्णय हुन बाँकी छ ।’

    पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने उनले बताए । यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ ।

    ‘पूर्वप्रधानमन्त्रीलाई संघमा के व्यवस्था छ त्यो अध्ययन गर्ने अनि हामीबीच सल्लाह गरेर पदको सम्मान गर रिमा कायम रहने गरी सम्मान दिने कुरा भएको छ,’ उनले भने, ‘हामी फरक राजनीकि पार्टी भए पनि आपसी सहयोग र सद्भावमा साढे ३ वर्ष यात्रा गर्‍यौं । अब पनि प्रमुख प्रतिपक्षीसँग समन्वय र सम्मान गरेरै अगाडि बढ्न चाहन्छौं ।’

    सरकारे नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे पनि कुराकानी भएको उनले जानकारी दिए । अर्थमन्त्रीको जिम्मेवारी कसैलाई नदिएकाले मुख्यमन्त्रीले नै बजेटको वाचन गर्न सक्ने उनको भनाइ छ ।

    ‘अहिले अर्थमन्त्रालय खाली छ । १ गते नै बजेट ल्याउनुपर्ने अवस्थामा वाचन मुख्यमन्त्रीले नै गर्नुहन्छ,’ उनले भने । नीति तथा कार्यक्रम र बजेटलाई पर सार्न सकिने विकल्पका विषयमा प्रमुख प्रतिपक्ष एमालेसँग छलफल हुने खड्काले बताए । हिजोकै मन्त्रिपरिषद् बैठकले बिनाविभागीय मन्त्री खड्कालाई सरकारको प्रवक्ता तोकेको हो ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech