ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

सन्ध्या ग्रुप अल्खोर कतार द्वारा बालगृहमा राहत बितरण
  • हजुरकाे पाेष्ट

  • ३० जेठ,काठमाडौं ।सन्ध्याग्रुप अलखोर कतार तथा मुग्लानी खबरद्वारा प्रथम काठमाण्डौ स्थित दक्षिणकाली नगरपालिकामामा रहेको वालगृहमा राहत बितरण गरिएको छ।

    सन्ध्याग्रुप अलखोर कतारको आर्थिक सहयोग, मुग्लानी खबर अनलाइन मिडियाको सहकार्य तथा दक्षिणकाली नगरपालिका का उपमेयर वशन्ती तामाङ ( डंगोल) को बिशेष सहयोगमा दक्षिणकाली नगरपालिका ५ ङारी कल्याण सेवा समाजद्वारा सञ्चालित बालगृहमा प्रथम चरणको राहत स्वरुप चामल, तेल, दाल, नुन, मसौरा, चाउचाउ र मास्क लगायतका सामाग्रीहरु बितरण गरिएको हो।

    कोभिड-१९ को दोस्रो लहरको महामारीको चपेटामा परेका पीडितहरुलाई मल्हम पट्टी लगाउन सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष तथा मुग्लानी खबर अनलाइन मिडियाका संचालक दिलमाया तामाङ (राना),दक्षिणकाली नगरपालिका नगर उप-प्रमुख बसन्ती तामाङ (डंगोल) समाजसेबी भिम लामा, सन्ध्याग्रुप अल्खोर कतारका पुर्व अध्यक्ष थर्च लामा लगायत मुग्लानी खबर अनलाइन मिडिया टिम प्रत्यक्ष रुपमा सहभागी भैई राहत बितरण गरिएको थियो।

    २०७२ सालमा आएको महाभुकम्पमा परि अभिभावक गुमाएका १५ जना बालबालिका रहेको उक्त वालगृहमा कोभिड-१९ को महामारीले थप समस्या पारेको थियो। समस्यामा परेका बालगृहमा रहेका बालबालिकाहरुलाई राहत वितरण पश्चात् सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ, नगर उप-प्रमुख बसन्ती तामाङ (डंगोल) पीडितको मुहारमा देखिएको खुशीले हामीहरु मानविय सेवा गर्न थप प्रेरणा मिलेको बताउदै मानबिय यस महान धार्मिक कार्यमा साथ सहयोग पुर्याउनुहुने सम्पूर्ण शुभचिन्तक एंव सहयोगी महानुभावहरुलाई हृदयदेखि आभार प्रकट गरेका थिए ।

    ङारी कल्याण सेवा समाजद्वारा संचालित बालगृहका अध्यक्ष न्हाम्खा दाेर्जे याेल्माेपाले हाम्रो पिडालाई महसुस गर्दै यस राहत संकलन तथा बितरणमा साथ र सहयोग गर्नुहुने सन्ध्याग्रुप अलखोर कतारका अध्यक्ष गणेश क्षेत्री लगायत सम्पुर्ण टिमहरु सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली परिवार,मुग्लानी खबर मिडिया,दक्षिणकाली नगरपालिका नगर उप-प्रमुख बसन्ती तामाङ (डंगोल) लगाएत सम्पुर्ण सहयोगीहरुमा धन्यवाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरेका थिए।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech