ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

जसपाको दुवै पक्षको कारबाही कानुनसम्मत छैन, पुरानै पदाधिकारी कायम रहन्छ : निर्वाचन आयाेग
  • हजुरकाे पाेष्ट

  • ३० जेठ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुई अध्यक्षले गरेको एक-अर्कालाई गरेको कारवाहीलाई मान्यता नदिइ पुरानै पदाधिकारी कायम रहने निर्णय दिएको छ । पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव र महन्त ठाकुरले एक अर्कामाथि कारवाही गरेका थिए ।

    दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको आयोगको ठहर छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालले चार पाने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले  जानकारी दिए ।

    उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जानकारी आयोगलाई गरेको थियो । महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादव पक्षलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जानकारी आयोगलाई गराएको थियो ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech