ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

विद्यालयले एसईई मूल्याङ्कन नतिजा असार २० भित्र बुझाउनुपर्ने
  • हजुरकाे पाेष्ट

  • ३० जेठ काठमाण्डौ । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ । विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा असार २० गतेभित्र नतिजा बुझाउनुपर्ने निर्णय गरेकाे छ ।

    बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्याङ्कन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको समेत बताइएकाे छ ।

    कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण भौतिक रूपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरूले मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।

    बाेर्डका अध्यक्ष पाैडेलका अनुसार नयाँ कार्यविधि साेमवार (भोलि) सार्वजनिक गरिँदै छ । विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्याङ्कन गरेको नतिजा विद्यालयको मूल्याङ्कन समितिमा पेस गर्नुपर्नेछ । मूल्याङ्कन समितिले मूल्याङ्कन कार्यविधिले तोकेअनुसार रुजु गरी प्रमाणित गर्नुपर्छ । त्यो मूल्याङ्कनको नतिजाको हार्ड कपी, सफ्ट कपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउने अध्यक्ष पौडेलको भनाइ छ ।

    यस्तै इकाइले विद्यालयले बुझाएको मूल्याङ्कन नतिजा रुजु एवम् प्रमाणित गरी असार महिनाभित्र पठाउनुपर्ने कार्यविधिमा भनिएको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech