ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

तुलसीपुरका दुई अस्पतालद्वारा राहतमूलक कार्यक्रम सञ्चालन
  • हजुरकाे पाेष्ट

  • ३१ जेठ,दाङ । दाङको तुलसीपुरका दुई सरकारी अस्पतालले स्थानीय बासिन्दालाई राहतमूलक कार्यक्रम सुरु गरेका छन् । राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ भने प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा नाम दर्ता निःशुल्क हुनेछ । यसअघि नाम दर्ताको २० रुपैयाँ लाग्दै आएको थियो ।

    प्रादेशिक अस्पताल तुलसीपुरमा सामाजिक  सेवा कार्यक्रम  सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलो पटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँच हजार, ओपीडीमा दुई हजार पाँच सय र भर्ना भएमा १० हजार रुपैयाँसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ । बिरामीले एकै पटकमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार गर्न भने नपाउने अस्पताले जनाएकाे छ।

    सेवा पाउने लक्षित समूहमा गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम प्राकृतिक प्रकोप भूकम्प बाढीपहिरो र आगलागीबाट पीडित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्नेछ । परिचयपत्र नभएकाले भने यो सुविधा पाउने छैनन् ।

    राहत सहयोगका लागि उपमहानगरपालिकाका तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने समेत बताइएकाे छ । यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेका आधारमा निःशुल्क उपचार सेवा पाउने गर्थे ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech