ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

गण्डकीमा अघिल्लो सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी,
  • हजुरकाे पाेष्ट

  • ३१ जेठ,काठमाण्डाै । गण्डकी प्रदेशमा आज आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । शनिवार मात्रै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको गण्डकीमा यसअघिकै सरकारले बनाएको नीति तथा कार्यक्रममा सामान्य परिवर्तन मात्रै गरेर पेस गर्ने तयारी भएको हो ।

    बिहान ११ बजे प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर नीति तथा कार्यक्रमबारे टुङ्गो लगाउने र दिउँसो ३ बजेको लागि डाकिएको संसद बैठकमा पेस गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले कोरोना महामारी नियन्त्रण र स्थानीय पूर्वाधारलाई ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट तयार गरेको थियो ।

    त्यही कार्यक्रम यो सरकारले सभामा पेस गर्ने तयारी गरेको हो । प्रदेश सरकारले भोलि नै बजेट प्रस्तुत गर्ने तयारी पनि गरिरहेको छ । चालु वर्षका लागि ३४ अर्ब ८४ करोडको बजेट विनियोजन भएकोमा आउँदो आर्थिक वर्षको लागि पनि यही रकम हाराहारीकै बजेट ल्याउने तयारी भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech