जेठ ३१ काठमाडौं। नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल र झलनाथ खनाल समुहको पनि सहभागिता गराउने गृहकार्य अघि बढाएको छ ।
नेकपा एमाले स्थायी कमिटी सुवास नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा सहभागी गराउने गृहकार्य अघि बढेको छ । ‘दुई गते आउन अझै तीन दिन बाँकी छ । यसबीचमा टुंग्याउनु पर्ने कुराहरु पनि धेरै छन, आशा छ हाम्रो प्रयाश सफल हुन्छ,’नेम्वाङले भने । उनले नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिए ।
प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका साँसदहरु एकै ठाउँमा उभिएका दृष्यले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने नेम्वाङको भनाइ छ । ‘धेरै कुरा मिलेका छन् । नमिलेका कुरातिर नजाँउ । तिनीहरु पनि मिल्दै जान्छन,’ नेम्वाङले भने ‘मिलेका कुराको नतिजा प्रदेशमा, संघीय सरकारमा छिटफुट देख्न थाल्नुभएको छ । बाँकी कुरा पनि मिलाउने कोशिष जारी छ। ’