ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

रुपन्देहीमा जारी निषेधाज्ञा आज सकिँदै, केहि खुकुलो बनाउने तयारी
  • हजुरकाे पाेष्ट

  • ३१ जेठ,बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा आज सकिँदैछ । निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै खुकुलो बनाउने तयारी स्थानीय प्रशासनले गरेको छ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप कस्तो बनाउने भन्ने बारे भएका छलफलको निचोडअनुसार निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको छ।

    आइतबार उद्योगी, व्यवसायीहरुबीचको छलफलका क्रममा उच्च स्वास्थ्य सावधानी अपनाएर निषेधाज्ञालाई खुकुलो बनाउन सुझाव आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। सोही सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्नेछ।

    कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनिधिसँग  जिल्ला प्रशासन कार्यालयले छलफल गरेको छ।

    यसबारे सोमबार निर्णय गर्ने तयारी छ। उद्योगी व्यवसायीसमेतको उपस्थितिमा बसेको बैठकले निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन नगर्ने, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्ने, माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्ने खालको सहमति जुटेको छ।

    तर अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने गरी निर्णय गर्न उनीहरुले सुझाव दिएका छन् ।

    व्यवसाय खुला भएपनि शिक्षण संस्थाजस्ता क्षेत्र भने संघ सरकारको निर्णयपछि मात्रै खुल्नेछन्।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech