जेठ ३१, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले २०७५ जेठ २ अघिको एमाले स्थायी कमिटीको बैठक बोलाउन सक्ने आंकलन गरिएको बेला उपप्रधानमन्त्री बिष्णु पौडेल एमाले उपाध्यक्ष वामदेव गौतम भेट्न गौतम निवास पुगेका छन् ।
एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि सक्रिय पौडेल आईतबार गौतम भेट्न उनकै निवास भैंसेपाटी पुगेको पौडेल निकट स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले २०७५ जेठ २ अघिको माधव नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटी बोलाउने तयारी चर्चा चलिरहेकै बेला पौडेलले गौतमसँग भेटघाट गर्नुलाई अर्थपूर्ण मानिएकाे छ।
माधव पक्षले नयाँ पार्टी खोलेमा आफ्नो साथ रहने गौतमको अभिव्यक्ति सार्वजानिक भएपछि वामदेवलाई ओली पक्षमै रोक्ने उद्देश्यले पौडेलले भेट गरेको अनुमान गरिएको छ । एमालेको पछिल्लो गतिबिधिमा गौतम मौन देखिएका छन् ।