जेठ ३१,बुटवल .इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले रूपन्देहीको देवदहबाट अवैध काठसहित प्रहरीले एक टिपर र तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, गंगाबहादुर बुढा, बुटवलका रोहित घले र देवदह चरङ्गेका प्रेमबहादुर थापा छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौंरका अनुसार नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० पिस सालका गोलिया बरामद गरिएको छ।
राठौरले बरामद काठ, टिपर र त्यसमा संलग्न चारै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको जानकारी दिए । बरामद गरिएको काठ झण्डै पाँच लाख मूल्य बराबरको छ।