ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

बिपतको समयमा जिविकोपार्जनका , लागि परम्परागत कार्य पनि उत्तम उपाय

टोनिसले भने जस्तै आधुनिक समाजमा बिश्वास लाई कानुन संग जोडिएको हुन्छ। यसको मतलब जुन गाउघर वा परम्परागत ठाँउ छ त्यो ठाँउ मा मानिस आफ्नो र छिमेकीको विस्वास मा चलेको हुन्छ।

  • यज्ञ मुर्ति पाण्डे

  • दुर्दैव, बिपत, आपती, दुर्दशा जस्ता शब्द उस्तै उस्तै हुन् तर यस्तो समयमा कसरी सुरक्षीत जीवन  धान्ने भन्ने महत्त्वपूर्ण कुरा हो। २०७२ बैशाख १२ गते र २९ गते गरि पटक पटक  बिनासकारी भुकम्प गयो त्यसको करिब चार बर्ष बित्दा नबित्दै विश्वभर त्रसित पार्ने गरि कोरोना भाइरस फैलियो त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्यो । यसले प्रत्यक्ष रूपमा समाजको प्रकार्यात्मक रुपमा सामाजिक आर्थिक ,सास्कृतिक,शैक्षिक जस्ता कुरामा असर पुर्यायो।

    बरीष्ठ जर्मनी  समाजशात्री फेडिनाइण्ड टाेनिस ले समाज उदबिकास र परिवर्तन को शृङ्खला लाई आफ्नो अध्ययन क्षेत्र बनाउदै उनले भन्छन् (ज्यामिनसाफ्ट विरुद्ध ज्यासेलसाफ्ट) समाज उदबिकास मा सानो समुदाय बाट सुरु हुन्छ पछि ठुलो समाजको रुपमा परिवर्तन हुन्छ। सानो छदा ब्याक्ती ब्याक्ती बिचमा अन्तरसम्बन्ध हुन्छ आलो पालो गरि बच्ने जे छ त्यही खायर रमाउने आफै उत्पादन गर्ने त्यसैमा मन सन्तोष लिने समाज हुन्छ। यो परिवर्तन भइ आधुनिक समाजमा परिवर्तन भयपछि विभिन्न किसिमका ब्यापार ब्याबसाय पुजीवाद संग सम्बन्धित क्रियाकलाप हुन्छ्न। समाजशात्री टोनिस ले आधुनिक समाजलाई खास मन नपराउदै भन्छ्न आधुनिक समाजमा अराजकता वा कोहि कसैले भनेको नमान्ने आफुसुखी हुने हो कि ? भन्दै चिन्ता ब्याक्त गर्दै भन्दछ्न पहिलाको जुन हाम्रो भाषामा परम्परागत समाजमा जुन जति सन्तुष्ट थियो आधुनिक मा आउँदा नकारात्मक स्वरुप लिने हो कि भन्ने आसन्का गर्दछ्न।

    २०७२ साल बैशाख १२ गते गोरखाको बारपार्क केन्द्र बिन्दु भयर गएको भुकम्प ले १४ जिल्लामा प्रत्यक्ष रुपमा असर गर्यो तर राजधानी काठमाडौं मा घना बस्ती भएका कारण धेरै क्षेती भने यहाँ धेरै पुग्न गयो आफ्नो घर भएका भाडामा बस्ने सबै थरीका मानिस यहाँ थिए । भुकम्प पश्चात् पहिला जे जसरी मानिसको जिविको पार्जन चलेको थियो त्यो कार्य भङ्ग भइ के गर्ने कसो गर्ने भन्दै आतुर मानिसको भिड कुनै खुल्ला ठाँउ पार्क जस्ता ठाउमा देखिन थाल्यो भने कतिपयले असुरक्षित सम्झदै आफ्नो मौलिक थलो वा परम्परागत जिविको पार्जन गरिरहेको ठाँउ ।गाउ घरमा फर्कने निणय सम्म गरे समाजिक संजाल बाट देख्न सकिन्थ्यो कि गाउ घर मा फर्कनेको लर्को त्यस्मा पनि अझ थप सरकरी निकायबाट पनि गन्तब्य सम्म पुग्नको लागि आर्मी प्रहरी लाई सहयोग गर्न अपिल समेत गरेको थियो। जबकि मानिहरुको बिश्वास थियोे कि आफ्नो गाउँ घरमा गएर सुरक्षित हुने प्रतिवद्द्ता जनाउथे कुरा यो मात्रै थिएन कि पक्की घर भत्किएको त्यसमा सामाजिक, लैङ्गकि जस्ता अनेकौं समस्य देखाउदै गाउघर फर्कन चाहान्थे।

    त्यसको करिब ४ बर्ष बित्नै लागेको थियो अर्को झस्को आयो कोरोना भाइरस। चाइनाको एक शहर बाट फैलिएको कोरोना भाइरस विश्व भर फैलिन पुग्यो यस क्रममा नेपालमा पनि यसको त्रास बढे संगै अन्तर्राष्ट्रिय आगमन मा रोक लगाउने काम। संगै २०७६ चैत्र ११ गते बाट बन्दाबन्दी गर्ने सरकारको निणय भैसके पछि काठमाडौं लगायतका मुख्य शहर बाट मानिस गाउँ घर जाने लर्को फेरिपनी देखा पर्न थाल्यो कर्म थलो बाहिर भइ गाउघर मा बसोबास भएका हरु आफ्नो घर फर्किन आतुर देखिन्थे त्यससँगै छिमेकी देश भारतमा रहेका नेपाली आफ्नो घर फर्कनका लागि सिमानासम्म आयर प्रतीक्षा गरि बसेका पनि थिए छिटोभन्दा छिटो आफ्नो ठाँउ मा फर्कन नपाउदा धेरै आक्रोशित भयको कुरा सामाजिक संजाल बाट हेर्न देख्न सकिन्थ्यो उनिहरुको पनि इच्छा उस्तै थियोे कि आफ्नो पुर्ख्यौली थलोमा पुगिसके पछि आफुलाइ सुरक्षाको अनुभुती हुने कुरा बताउथे शहरमा बाक्लो बस्ती मात्रको समस्या को विषय थिएन काम गरि खाने मानिसलाई काम नपाउदा भोकमरी हुने सम्मको समस्या थियो ।

    समाजशात्री टोनिस ले १८८७ मा भन्नू भएकोे कुरा आज आएर नेपालमा पनि देखा पर्न थालेको छ मानिस आफ्नो पुर्ख्यौली थलो परम्परागत पेशा ,बसोबास ,सस्कृती, लाई छाडि नया खालको जिविको पार्जन अगाल्ने क्रममा यो देखिएको हो। टोनिसले भने जस्तै आधुनिक समाजमा बिश्वास लाई कानुन संग जोडिएको हुन्छ। यसको मतलब जुन गाउघर वा परम्परागत ठाँउ छ त्यो ठाँउ मा मानिस आफ्नो र छिमेकीको विस्वास मा चलेको हुन्छ। माथी भने जस्तै भुकम्प जादा पार्क लगाएका ठाँउ मा बस्दा खान बस्न, लैङ्गकि समस्य जस्ता कुरा समाचारमा सुन्न पाइन्थ्यो त्यसकै कारण देखाउदै मानिस आफ्नो पुर्ख्यौली थलो फर्कन चाहान्थे भने बन्दा बन्दी हुदा भोकमारी को समस्या सामाजिक संजाल मा देख्न पाइन्थ्यो कि विभिन्न सस्था हरुले खाना खुवाउने, स्वास्थ्य मापदण्ड को लागि माक्स सेनिटाइजर वितरण गर्ने जस्ता काम गरेका गरेका थिए । तर पीडित को समस्या के छ भन्ने थिएन ।

    फेरि पनि टोनिस लाई सम्झदै गर्दा भन्न सकिन्छ कि समाज सामान्य समाज र औद्योगिक समाज गरि दुई समाजको ब्याख्या गर्दा औधोगिक समाजमा हुने गतिविधि लाई केही प्रश्न गर्दै भन्छ्न कि आपसी सम्बन्ध वा सरसहयोग नाता वा छरछिमेकी बाट सरकार पुलिस, कानुन, पैसा, ट्रस्ट, इज्जत को सरोकार नहुने हुदा आधुनिक समाज भन्दा परम्परागत समाज नै ठिक हुन सक्छ। किनकी आधुनिक समाजमा समाजको सबै बर्गको पिडा सबै बर्गले बुज्न सक्दैन भने कुनै दिन कुनै समयमा विभिन्न समस्य आउने गर्दछ्न त्यस्तो समयमा परम्परागत जिविको पार्जन पनि उत्तम उपाय हुन सक्छ।।।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech