ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाको पद खारेज गर्न सर्वोच्चको आदेश
  • हजुरकाे पाेष्ट

  • ३१ जेठ,काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) कृष्ण थापाको पद खारेज भएको छ ।

    राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।

    सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत थापाको पदको बचाउ गरे पनि फेरि उनकाे  दलले थापालाई कारबाही गरेको र नयाँ सरकारसमेत गठन भइसकेको अवस्थामा थापाको पद खारेज हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।

    एमालेको सरकार हटाएर कांग्रेस नेतृत्वमा साथ नदिएको भन्दै जनमोर्चाले थापालाई प्रदेश सभा सदस्यबाटै हटाएको थियो । पार्टीको निर्णयविरुद्ध जेठ २१ गते मुद्दा हालेका थापाको पद जेठ २३ गते सर्वोच्चले अन्तरिम आदेशमार्फत बचाउ गरिदिएको थियो ।

    तर अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेश सभा सचिवालय र राष्ट्रिय जनमोर्चाले भ्याकेट निवेदन दिएका थियाे । कृष्ण थापाले कुनै पनि हालतमा कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ नदिने अडान लिएकै कारण यसअघि नयाँ सरकार गठन हुन सकेको थिएन ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech