ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

नेप्से तीन हजार अङ्कको कीर्तिमान विन्दुमा, आज पनि झन्डै १९ अर्ब रुपैयाँको कारोबार
  • हजुरकाे पाेष्ट

  • ३१ जेठ,काठमाण्डाै – शेयर बजार परिसूचक नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्से साेमवार (आज) ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । नेपाली शेयर बजारको इतिहासमा नेप्से पहिलाे पटक तीन हजारको विन्दुमा पुगेको हो ।

    आज बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय ५८, फाइनान्सको २५, जीवन बीमा समूहको ८१ र निर्जीवन बीमा समूहको शेयर तीन सय सात अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।

    आज पनि झन्डै १९ अर्ब रुपैयाँको कारोबार भएको छ । हिजो १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २१ कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ६२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    नेप्से कीर्तिमानी विन्दुमा पुगेको दिन आज १२ वटा कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । तर समग्र बजार बढे पनि माउन्टेन हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech