ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

कास्किकाे लुम्ले र घोरेपानी क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो
  • हजुरकाे पाेष्ट

  • १ असार, काठमाडौं । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

    कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले आज रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाले असार ३ गतेसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

    मंगलबार प्रदेश नं. २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउनु पर्ने मौसमविदले बताएका छन् ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech