ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

मनाङमा बाढी : तालगाउ डुवानमा, बेलिब्रिज र विद्युत्‌गृह बगायो
  • हजुरकाे पाेष्ट

  • ढलमजुङ — लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युत्गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।
    सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ । नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ ।
    तालगाउँका स्थानीय बासिन्दा मीनराशि गुरुङका अनुसार मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ आएको उनले बताए । उनका अनुसार गाउँमा टेलिफोन सेवा पनि अवरुद्ध छ । ‘हामी त म्यार्दीभिरमा आएर फोन गरेका हौँ,’ उनले भने । स्थानीय वेदबहादुर गुरुङले तालगाउँ डुबानमा परेको र हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको बताए ।
    मनाङको तिमाङखोलामा आएको बाढीले बगाएको ३२ किलोवाटको स्ल्याल्क्युखोला लघु जलविद्युत् आयोजनाको क्षेत्र ।
    जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्का अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको उनले बताए । ‘ढुंगामुढाले पुल थुनिँदा बस्तीतिर बाढी पसेको छ । बाढी पस्दा घर बगाउन थालेको छ । बजार क्षेत्र नै जोखिममा परेको छ,’ उनले भने । उनका अनुसार तिमाङखोलाको बेलिब्रिज र ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत आयोजनाको संरचना पनि बाढीले बगाएको छ ।

    पानी परिरहेको र बाढीपहिरो आइरहेकाले उद्धारमा समस्या भइरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले यसअघि जेठ १६ गतेको बाढीले क्षति पुर्‍याएको ठाउँमा थप क्षति भएको बताए । ‘तिमाङखोलामा जलविद्युत् गृह र बेलिब्रिज बगाएको छ । चामेका घरहरुमा क्षति पुर्‍याएको छ । ताल गाउँ आधा डुबाएको जानकारीमा आएको छ,’ उनले भने, ‘बाढीपहिरो भइरहेको र पानी परिरहेकाले उद्धारमा समस्या छ । हामीले नजिकका प्रहरीलाई उद्धार गर्न भनेका छौं ।’

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech