ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

अझै ३ दिन पनि भारी वर्षाको सम्भावना, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • हजुरकाे पाेष्ट

  • काठमाडौँ — केही दिनदेखिको लगातारको वर्षाका कारण मुलुकका केही नदीका जलसतहले सतर्कता तह पार गरेका छन् ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार यति बेला बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । उक्त नदी जलाधारमा थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्रमा मंगलबार रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    त्यसैगरी आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    त्यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षा भइरहेको छ।

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ असार १ गते (मंगलबार)

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

    २०७८ असार २ गते (बुधबार)

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

    राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    २०७८ असार ३ गते (बिहीबार)

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

    राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश न.१ र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech