ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

नयादिल्लीका सबै अस्पताल कोरोना सङ्क्रमितले भरिए ।

भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् ।

  • हजुरकाे पाेष्ट

  • अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको बीबीसीले जनाएको छ । यस्तै भारतको दिल्लीमा रहेका ६ वटा अस्पतालमा अक्सिजन सकिएको छ।

    अरु अस्पतालहरुमा पनि केही समयका लागि मात्रै पुग्ने अक्सिजन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले दिल्लीबाट अक्सिजन बोकेका ट्याङ्करहरु अरु राज्यमा जान दिइएको छैन । उनीहरुले अक्सिजन भण्डारण गरेर राखेर आपूर्ति रोकेको हुन सक्ने आशङ्का गरिएको छ ।

    भारतमा कतिपय व्यक्तिहरुले अक्सिजन नपाएर ज्यान गुमाएका पनि बीबीसीले जनाएको छ । भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै हरेक दिन विश्वमै सबैभन्दा धेरै कोरोना सक्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित गाभिएका छन् भने २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।

    अन्तिम अपडेट: बैशाख १०, २०७८

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech